बन्दीपुर गाउँपालिकाद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, २०८२ मा पवित्र माध्यमिक विद्यालयले हात पारेको छ। पिप्लेले उत्कृष्ट प्रदर्शन गर्दै १६ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो।



त्यस्तै, भानु माध्यमिक विद्यालयले ४ स्वर्ण, ५ रजत र ९ कास्य पदकसहित द्वितीय स्थान प्राप्त गर्न सफल भएको छ ।
मनास्लु बोर्डिङ स्कुलले ४ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित तृतीय स्थान हासिल गरेको छ।
प्रतियोगितामा भलिबल ९छात्र–छात्रा० सहित एथलेटिक्सका विभिन्न स्पर्धाहरू — १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ४×१०० र ४×४०० मिटर रिले, साथै फिल्ड इभेन्ट्स हाइजम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो र सटपुटमा प्रतिस्पर्धा गरिएको थियो।
यस प्रतियोगितामार्फत विद्यार्थीहरूमा विकास भएको आत्मविश्वास, अनुशासन, नेतृत्व र खेलभावनाले भविष्यमा बन्दीपुरलाई अझ उज्यालो बनाउने गाँउपालिकाले जनाएको छ।







