Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

मिर्गाैला पीडितलाई डेढ लाख सहयोग

सुरेश सुनार

३ फाल्गुन २०७८, मंगलवार

460
Share

तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गाैलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार रु एक लाख ४६ हजार ६३५ सहयोग गरिएको हो । चुँदेर घर भई हाल बुटवलमा बस्दै आउनुभएका उहाँका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो । व्यास नगरपालिका–५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठको रोहवरमा सङ्कलन गरेर ल्याइएको रकम थापाले पीडित परिवारलाई उपलब्ध गराउनुभएको हो । सोही अवसरमा साउदी अरबबाट सङ्कलित रु ३० हजारसमेत पीडितलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो । आर्थिक अवस्था कमजोरीका कारण मिर्गाैला प्रत्यारोपण गर्न नसक्नुभएका थापा उपचारको खोजीमा भाँैतारिँदै आउनुभएको छ । चिकित्सकले रु १२ देखि १३ लाख उपचारमा खर्च लाग्ने जनाएको छन् । थापाका दुई छोरा छन् । अहिलेसम्म उपचार गर्दा रु. सात लाखभन्दा बढी रकम खर्च भइसकेको पीडित थापाले जानकारी दिनुभयो । हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने र एक पटकमा रु साढे सात हजार खर्च हुने उहाँले बताउनुभयो । भारतमा २० वर्षसम्म सुपरभाइजरको पदमा काम गर्नुभएका थापा मिर्गाैला फेल भएपछि नेपाल फर्कनुभएको हो ।रासस

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

भिमादमा जिल्लाकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

देवघाटमा झोलुङ्गे पुल मर्मतको काम सुरु

तनहुँमा एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गरिँदै

Tanahun Taranga news

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal