तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं १३ बेनिकोट सुन्तला उत्पादनको प्रख्यात ठाउँको रूपमा चिन्ने गरिन्छ । बेनिकोटका स्थानीयहरूको मुल पेशा नै सुन्तला उत्पादन रहेको पाईएको छ । त्यहाँका स्थानीयहरू यतिबेला बोटमा पाकेको सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन्।
लामो समय वैदेशिक रोजगार पछि फर्किएका स्थानीय गणेश राना आफ्नो पेशा प्रती खुसि रहेको बताएका छन्। उनको १ छोरा र २ छोरी छन् । विदेश भन्दा स्वदेशमा आफ्नो परिवारसँग बसेर आफ्नै गाउँको माटोसँग रमाउदा परिवार पनि खुसि रहेको बताउछन् । करिब ३ रोपनी क्षेत्रफलमा लगाएको सुन्तलाबाट यश वर्ष १८ लाख आम्दानी गरेको र अन्य बर्षभन्दा यो बर्ष सुन्तला उत्पादनमा बृद्धि भएको उनको भनाई छ ।
तेस्तै सोही स्थानका अर्का कृषक वीर बहादुर आले पनि सुन्तला टिप्न व्यस्त रहेका छन् । उनी भन्छन् बाजेहरूले सुन्तलाको बिरुवा थोरै लगाए घरायसी प्रयोजनका लागीमात्र प्रयोग गरे पनि अहिले सुन्तला खेती नै मुल पेशा बनाएका छौ । करिब २ रोपनि क्षेत्रफलमा सुन्तलाको २ सय भन्दा बढी बोट लगाएर व्यावसाहिक खेती सुरु गरेका छौ । गत बर्ष सुन्तला खेतीबाट ८ लाख आम्दानी भएको थियो भने यश बर्ष १० लाख भन्दा बढी आम्दानी भएको आलेको भनाई छ ।
बेनिकोटको सुन्तला विशेष गरि काठमाण्डौ ,चितवन र पोखरा लगाएतका बजारहरुमा लागेर बेच्ने गरेको पाईएको छ । स्थानिय बजार भन्दा ठूलो बजारमा भाउ राम्रो दिने भएकाले त्यहाँको सुन्तला बिक्रीका लागि बाहिर लाग्नपरेको स्थानीय बताउँछन् । स्थानियको अनुसार सुन्तलालाई चार भागमा विभाजन गरिएको छ । सबैभन्दा ठूलो प्रतिकेजी रु १५० , जेठीको प्रती १२० रूपैयाँ ,माईली प्रती ६० रूपैयाँ कि लो ,कान्छीलाई १ केरेटको ५ सय रूपैयाँका दरले व्यापार गर्ने गरेको कृषिहरु बताउछन् ।
त्यस्तै स्थानीय छविलाल राना सुन्तला खेतीबाट गत वर्ष भन्दा यश वर्ष राम्रो आम्दानी भएकोले आफु खुसी रहेको बताएका छन् । उनका अनुसार बेनिकोटमा ३ सय घरधुरी रहेका छन् । अधिकांश स्थानिएको मुख्य पेशा कृषि रहेको छ । सुन्तला खेतीलाई मुख्य खेती बनाएका स्थानिहरुले यस बर्ष करिब २ करोड ५० लाख भन्दा बढी मुल्यको सुन्तला बिक्री गरेको बताउँछन् । पहिलो बर्षको तुलनामा यसबर्ष हावाहुरी र असिनाले तेति असर नगरेको हुदा सुन्तला उत्पादन गतबर्षको तुलनामा वृद्धि भएको स्थानियहरुको भनाई छ । सुन्तलाको उत्पादन बढेसंगै बेनिकोटका स्थानियहरु हर्षित बनेका छन् ।







