व्यास नगरपालिका ३ स्थित नमस्ते देउराली युथ क्लवले खाद्यन्न,न्यानो कपडा र हिटर सहयोग गरेको छ । व्यास १० बैरेनी स्थित उच्यालो घरलाई मंगलबार खाद्यन्न, न्यानो कपडा र हिटर सहयोग गरेका हुन् ।

तिहारमा देउसी भैलो खेलेर उठेको रकमबाट सहयोग गरेको क्लवले जनाएको छ । उच्यालो घरका संन्चालक सागर घिमिरेले यस घरमा रहेका बालबालिकालाई सम्झेर सहयोग गर्नुभएकोमा धन्यवाद दिनुभयो । उक्त कार्यक्रममा क्लवका प्रतिनिधिहरुको उपस्थित रहेका थिए ।