तनहुँ उद्योग वाणिज्य संघले जिल्लाको विभिन्न स्थानमा गरी ६ लाख बढीको डस्बीन वितरण गरेको छ । विशेष गरी धार्मिकस्थल र सेवा प्रवाहको बढी चाप हुने कार्यालयहरुमा डस्बीन वितरण गरेको हो । जिल्लाको छाब्दीबाराही मन्दिरदेखि जिल्लाकै अग्लो २१३४ मिटर उचाईमा अवस्थित छिम्केश्वरी मन्दिरसम्म सरसफाई व्यवस्थापनका लागि डस्बीन वितरण गरिएको संघका अध्यक्ष बैकुण्ठ मिश्रले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “प्रसिद्ध धार्मिकस्थल अकला,थानीमाई,दमौली अस्पताल,जिल्ला प्रशासन कार्यालय लगायतका बढी सेवाग्राहीको चाप हुने कार्यालयहरुमा सहयोग गरिएको छ ।”
सामाजिक उत्तरदायित्व अन्र्तगतस्टेण्डसहितको रु।तेह्र हजार मूल्यका दुई वटा डस्बीन प्रदान गरेको हो,जसले फोहोरजन्य वस्तु व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । संघ दमौलीमा आयोजना गरेको मेला महोत्सवबाट बचत भएको रकमले सामाजिक क्षेत्रमा काम गरिएको संघले जनाएको छ ।