व्यास नगरपालिका–१४ छाब्दीखोलामा माछा मा;र्ने क्रममा करे;न्ट लागेर सोमबार राति एक जनाको मृ;त्यु भएको छ । मृ;त्यु हुनेमा सोही स्थानका २८ वर्षीय अमित सुयाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

राति ११ः४५ बजे ४० वर्षीय रामबहादुर घर्ती, निजका दाइ ५४ वर्षीय शुक्र घर्ती र २८ वर्षीय अमित सुयालले रामबहादुर घर्तीको घरबाट बिजुलीको प्लगमा तार जोडी खोलामा करेन्ट लगाएर माछा मा;र्ने क्र;ममा अमितलाई एक्कासि क;रेन्ट लागेको थियो । 

करेन्ट लागेर घाइ;ते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले आज बिहान १२ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।