व्यास नगरपालिका वडा नं ११ रातामाटा बेलथुम्कीमा कोभिड पार्क निर्माणका लागि सञ्चालित श्रीमद् भागवत महापुरण सप्ताह ज्ञान महायज्ञमा शनिबार सम्म १ लाख ८५ हजार ३६ रुपैया दान संकलन भएको छ ।





बिहीबारबाट सुरूभएको महायज्ञको तेस्रो दिनसम्म आइपुग्दा भक्तजनको र दान संकलनमा क्रमिक रूपमा बढ्दै गएको आर्थिक संयोजक देव बहादुर थापाले जनाकारी दिनुभयो । उहाँका अनुसार ९ दिन सम्म संन्चालन हुने महायज्ञमा करिब १ करोड रुपैयाँ भन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखिएको छ ।



कोरोना महामारीबाट अकालमा दिवंगत भएकाहरुको सम्झनामा रातमाटा बेलथुम्कीमा कोभिड स्मृति पार्क निमार्णका लागि महायज्ञ आयोजना गरेको आयोजकले जनाएको छ ।



रातमाटा बेलथुम्की कोभिड पार्क निर्माण स्थलमा महायज्ञ संचालन गर्ने भनेपनि शौचालय, पानी , भवन र यातायातको सुबिधालाई मध्यनजर राखि वडा कार्यलय नजिक जामुने खुल्ला चौरमा कार्यक्रम राखिएकोले यसले गर्दा भक्तजनहरूलाई सहज हुने अपेक्षा गरिएको महायज्ञ उप संयोजक नीर बहादुर खड्का जनाकारी दिनुभयो।



महायज्ञको प्रमुख वाचक दिपक प्रसाद पौडेल रहनुभएको छ।




महायज्ञ कार्तिक १३ गतेदेखी २१ गतेसम्म संञ्चालन हुनेछ।






