जि. आर. इलेक्ट्रोनिक्स सप्लायर्स दमौलीद्वारा शुक्रबार जिल्ला प्रशासन कार्यालय तनहुँ, दमौलीलाई २ थान HYUNDAI कम्पनीका वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।

कार्यालय परिसरमै एक कार्यक्रम बिच जि. आर. इलेक्ट्रोनिक्स सप्लायर्सका प्रो. गौरब खड्काले उक्त वाटर डिस्पेन्सरहरू कार्यालयका नायव सुब्बा गोपाल पोख्रेललाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।

साे अवसरमा बाेल्दै पोख्रेलले जि. आर. इलेक्ट्रोनिक्सको सामाजिक उत्तरदायित्वप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगात्मक कार्यले कार्यालयका कर्मचारी तथा सेवाग्राही दुवैलाई सुविधा पुर्‍याउने बताउनुभयो। उहाँले खड्कालाई निरन्तर सफलताको शुभकामना समेत दिनुभयो।

जि. आर. इलेक्ट्रोनिक्स सप्लायर्सले यसअघि पनि समुदायमुखी कार्यहरू गर्दै आएको छ र भविष्यमा यस्ता सहयोगी पहलहरू जारी रहने खड्काले बताउनुभयाे ।खड्का एक सफल व्यवसायी मात्र नभई समाजिक कार्यमा समेत निकै सकृय रहदै आउनुभएकाे छ।