अविरल वर्षाका कारण जोमसोम–कागबेनी सडक भासि;एको छ । सडक भासिएपछि यातायाता पूर्ण रुपमा अवरु;द्ध भएको छ । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम–कागबेनी सडकको पाण्डा खोलामा कालोपत्रे गरिएको सडक करिब ५० मिटर भासि;एको छ ।
सडक माथिबाट लेदोसहितको पहिरो खसेर सडक पूर्णरुपमा अव;रुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी सन्तोष वत्स्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अव;रुद्ध हुँदा जोमसोम हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ सिधा यातायात अव;रुद्ध भएको छ ।
उपकरण प्रयोग गरेर केहीबेर सडक खुलाएर रोकिएका सवारीसाधनहरु पार गरे पनि फेरि माथिबाट लेदो खसेर सडक अव;रुद्ध भएको सूचना अधिकारी वत्स्यालले बताउनुभयो ।
उहाँका अनुसार जोमसोमदेखि कागबेनीको विभिन्न ठाउँमा पहिरो र लेदो खसेर सडक अव;रुद्ध भएको छ । वर्षा भइरहेकाले सडक भासिने र माथिबाट ढुङ्गा खसे;र यातायात सञ्चालन गर्न जोखिम भएकाले अहिले सबै सवारी साधनहरु जोमसोममा रोकि;एको उहाँले जानकारी दिनुभयो ।
