तनहुँको व्यास नगरपालिका वडा नं ११ रातामाटा बेलथुम्कीमा कोभिड पार्क निर्माणका लागि भोलीबाट ९ दिने महायज्ञ सुरू हुने भएको छ ।
श्री रातामाटा टोल विकास संस्थाको आयोजना र व्यास नगरपालिका वडा नं ११ को संरक्षकमा कार्तिक १३ गतेदेखी २१ गतेसम्म श्रीमद् भागवत महापुरण सप्ताह ज्ञान महायज्ञ एबं एकादशी मेला सुरू भएको हो।
कोरोना महामारीबाट अकालमा दिवंगत भएकाहरुको सम्झनामा रातमाटा बेलथुम्कीमा कोभिड स्मृति पार्क निमार्णका लागि महायज्ञ आयोजना गरेको बेलथुम्की कोभिड पार्क निर्माण मुल आयोजक समिति संयोजक विरेन्द्रबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कलाई मानवता , आध्यात्मक र प्राकृतिक सौन्दर्यको केन्द्र बनाउने योजना रहेको छ ।
धर्म , संस्कृति , प्रकृति र मनोरञ्जनलाई एउटै स्थलमा एकीकृत गर्ने , स्थानीय सम्पतिलाई बहुउद्देश्यीय कोभिड स्मृति पार्क निर्माण, शिव पार्वतीको मुर्ति निमार्ण , प्राकृति पोखरी निर्माण ,५५ रोपनी क्षेत्रफलमा प्रकृति पार्क निर्माण गर्ने लक्ष्य रहेको सह संयोजक नीर बहादुर खड्का जनाकारी दिनुभयो।
महायज्ञको प्रमुख वाचक दिपक प्रसाद पौडेल रहनुभएको छ ।
महायज्ञमा करिब १ करोड रुपैयाँ भन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखिएको आर्थिक संयोजक देव बहादुर थापाले जनाकारी दिनुभयो ।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र तनहुँ वासी उक्त कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह समेत गरेको छ ।
