पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा बसको ठक्क;रबाट घाइ;ते भएका दुई जनाको मृ;त्यु भएको छ ।
मृ;त्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका-७ बस्ने २८ वर्षीय पुनराम गुरुङ र ३२ वर्षीय मनोज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर ठक्कर खाएको थियो ।
दुर्घटनामा घाइते भएका स्कुटर चालक पुनरामको सोही दिन मृ;त्यु भएको थियो । अर्का घाइते मनोजको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृ;त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
