मध्यनेपाल नगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा भत्ता नवीकरण तथा राजस्व संकलन शिविर सम्पन्न भएको छ । नगरपालिकाले विहिबार देखि २५ गतेसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व संकलन तथा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन भएको थियो ।
नगरपालिकाभन्दा बाहिर पोखरा महानगरपालिका क्षेत्रमा बसोबास गर्ने वडा नं ८ लगायत अन्य वडाका नागरिक तथा सेवाग्राहीहरूका लागि उक्त शिविर सहभागिता जनाएका नगरप्रमुख रमेश कुमार पाण्डेले जनाकारी दिनुभयो ।
सामाजिक सुरक्षा नवीकरण एक सय नौँ जना, राजस्व संकलनमा एक सय तीन जना,राष्ट्रिय परिचयपत्र वितरणम अठाइस जना सहभागित रहेको उहाँले जनाकारी दिनुभयो । कार्यक्रममा प्रशासकीय अधिकृत प्रताप शर्मा ,वडा अध्यक्ष चन्द्र प्रसाद गुरुङ ,जिल्ला समन्वय समिति सदस्य मोहन गुरुङ ,वडा सदस्य हस्त बहादुर गुरुङ लगाएको समन्वयमा सम्पन भएको नगरपालिकाले जनाएको छ।


