आँबुखैरेनी गाउँपालिका वार्ड नं ५ खोलागाउँ स्थित सयपत्री आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको लागि गाउँपालिकाको तर्फबाट दुई–दुई जोर विद्यालय पोशाक प्रदान गरिएको गाँउपालिका अध्यक्ष शुक्र चुमानले जनाकारी दिनुभयो । उक्त विद्यालयमा ९९ प्रतिशत चेपाङ समुदायका बाल बालिकाहरु अध्ययन गर्छन् । नयाँ पोशाकले विद्यार्थीको मुहारको चमक फेरिए जस्तै विद्यालयमा गाउँपालिकाले गरेको लगानी तथा शिक्षकहरुको मेहनतले पक्कै पनि विद्यार्थीको भविष्य फेरिनेछ भन्नेमा गाउँपालिकाले जनाएको छ।
विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको शिक्षण सिकाइलाई सहज तथा प्रभावकारी बनाउने उद्धेश्य सहितस्मार्ट टिभी ,कम्पुयुटर तथा स्मार्ट बोर्डको समेत व्यवस्था गरिएको छ ।
