तनहुँको ऋषिङ्ग गाउँपालिका, वडा नं। ७, आम्थोकमा ुजलवायु मैत्री कृषि प्रविधिु कार्यक्रम अन्तर्गत एक महत्वपूर्ण आयोजना सम्पन्न भएको छ। आम्थोक कृषि तथा पशुपन्छी समूहले कृषि ज्ञान केन्द्र, तनहुँको सहयोगमा यो आयोजना सफल पारेको हो।
कुल लागत रु ११,००,००० रहेको यस परियोजनामा कृषि ज्ञान केन्द्र, तनहुँको तर्फबाट रु १०,००,००० अनुदान सहयोग प्राप्त भएको थियो। बाँकी रु १,००,००० भने समूहको लागत सहभागिता रहेको थियो। समूहका अध्यक्ष बेल बहादुर थापाको नेतृत्वमा यो आयोजना आर्थिक वर्ष २०८१र ८२ मा सम्पन्न भएको हो।
यो कार्यक्रमले स्थानीय किसानहरूलाई जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न मद्दत पुग्ने प्रविधिहरू अपनाउन प्रोत्साहित गरेको छ। यसले आम्थोकका किसानहरूको जीवनस्तर सुधार गर्न र दिगो कृषि विकासलाई टेवा पुर्याउने विश्वास लिइएको छ।