देवघाट गाउँपालिका वडा नम्बर २ का जेष्ठ नागरिक र अति अशक्तहरु लाभग्राहीलाई टोलटोलमा गई सुरक्षा भत्ताको नविकरण गरिएको छ ।
उक्त वडा भौगोलिक हिसावले धेरै बिकट रहेको हुँदा वडा कार्यलयमा सबै जेष्ठ नागरिक र अशक्तहरु आउन नसक्ने हुँदा टोल टोलमा गई लाभग्राहीको परिचयपत्र नविकरण गरिएको वडा नम्बर २ का वडा सदस्य युवराज गुरुङले बताए ।
उक्त वडामा १६ वटा टोल रहेकोमा जेष्ठ नागरिक तथा अशक्तहरुले आफुलाई पायक पर्ने टोलमा गई भत्ता कार्ड नविकरण गरेको वडा सदस्य गुरुङले बताए । टोलमै सामाजिक सुरक्षा भत्ता नविकरण हुने व्यवस्था भएपछि लाभग्राहीहरु प्नि खुसी भएको उनले बताए ।