अठारौं राष्ट्रिय पुस्ताकलय दिवसको अवसरमा आइतबार देवघाट गाउँपालिकामा पुस्तकालयको महत्वको बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा देवघाट सार्वजिनक पुस्ताकलयको २१ औं र देवघाट सामुदायिक सिकाई केन्द्रको १२ औं साधारणसभा समेत आयोजना गरियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी विश्वविद्यालय पोखरा कुलपति प्रा।डा।इन्द्र प्रसाद तिवारीले मानिससँग पढ्ने सस्कार नभएको भन्दै कुन प्रकारको पुस्तक पढ्ने भन्ने कुरा जान्नु पर्ने बताए । जति पुस्तक पढ्ने बानी बसाल्यो त्यतिनै मानिसलाई चेतनाको विकास वौद्धिक विकास बढाउने जसले जिविकोपार्जन र जीवन सरल बनाउन मद्दत मिल्ने तिवारीले बताए । देवघाट आध्यात्मिक केन्द्र भएको भन्दै देवघाट सार्वजानिक पुस्तकालयको कारण देवघाटका नागरिकमा पढ्ने बानीको विकास हुँदै गएको उनले बताए ।
नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पिठाधिश ज्ञानानन्द सरस्वतीले पुस्ताकलय निर्जीव नभई सजिव हुने बताए । पुस्तकको माधयमबाट अर्थतन्त्र, राजनिती, जीवन जिउने, नैतिक शिक्षा, पैसा कमाउने ज्ञान जस्ता धेरै ज्ञानहरु प्राप्त हुने भन्दै उनले देवघाट सार्वजानिक पुस्ताकालयलाई यो अबस्था सम्म ल्याउन शिवराज पौडेलको ठुलो हात रहेको बताए ।
देवघाट गाउँपालिका अध्यक्ष तिल वहादुर थापाले देवघाट पुस्तकालय र देवघाट सामुदायिक सिकाई केन्द्र जति विकास भयो त्यतिनै देवघाटको विकास हुने बताए । देवघाट सार्वजनिक पुस्ताकलयको लागि पालिकाले दस लाख बजेट छुट्याए पनि पुस्ताकलय सम्पन्नको लागि अझ धेरै रकम चाहिने हुदा योजना बनाइ मेला पर्वमा सार्वजनिक पुस्ताकलयको लागि आर्थिक संकलन गर्नुपर्ने अध्यक्ष थापाले बताए । उक्त कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले आफ्नो पुस्तकालयको लागि व्यक्तिगत तर्फबाट पाँच हजार रुपैयाको पुस्तक हस्तान्तरण गरेका थिए ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा।इश्वरी राज लौडरीले देवघाट पस्तकालयले देवघाटको जनतामा शिक्षा र ज्ञानको ज्योती छर्ने भुमिका खेलेको बताए । उनले पुस्ताकलयको लागि क्षेत्र क्षेत्र विकास समितिले आफ्नो तह बाट सहयोग गर्ने बताए ।
स्वागत मन्तव्य राख्दै देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले मानिसमा चेतना ज्ञान दिनको लागि यस पुस्ताकलयले महत्वपूर्ण भुमिका खेलिरहेको बताए । देशमा चमत्कारको कामहरु भएका छन र देशमा विभिन्न राम्रो गतिविधिहरु हुँदै गएको भन्दै पौडेलले तिनिहरु पक्कै पनि मानिसमा चेतनाको विकास भएर नै देशको गतिविधिहरुमा सकरात्मक पक्षहरु देखा परेको बताए । पौडेलले पुस्ताकलय आइतवार बन्द हुने र अरु बार खुला रहने हुँदा सबैजनालाइ पुस्तक पढी र ज्ञान प्राप्त गर्न अनुरोध गरे । देवघाट सार्वजानिक पुस्तकालयमा सबै प्रकारका आठ हजार भन्दा बढी पुस्तक रहेको पौडेलले बताए ।
सो कार्यक्रममा पुस्ताकलयको लागि महत्वपूर्ण योगदान गर्ने ६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा वेशिसहर–१० लमजुङका लिला बहादुर घिमिरे, देवघाट–५ का देविलाल गौतम, देवघाट–५ कै प्रकाश आचार्य, कृष्णनगर–१ क्पिलबस्तुका विष्णुभक्त भुसाल, भरतपुर–६ चितवनका पदमपाणी लामिछाने र देवघाट चितवनका इन्दिरा घिमिरे रहेका छन् ।
त्यसैगरि सोही अवसरमा पुस्तकालयका नियमित पाठकहरु देवघाट–५ का शुनिल घिमिरे, सोभा भुषाल खरेल तथा भरतपुर–८ चितवनका रामचन्द्र घिमिरेलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रम देवघाट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैविच देवघाट सार्वजानिक पुस्तकालयको २१ औं साधारणसभाले पुस्तकालयको अध्यक्षमा फणिन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । महेश संस्कृत विद्यापिठका प्राचार्य पौडेल यस अघि पुस्तकालयको सचिव थिए । त्यसैगरि पुस्तकालयको सचिवमा सिताराम संस्कृत माविका सहायक प्रअ अर्जुन पाण्डेय चयन भएका छन् ।