तनहुँको व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दी खोलामा एक बेवारि;से महिलाको श;व फेला परेको छ। यही भदौ २३ गते दिउँसो डिगाउँ जाने पक्की पुलमुनि बुल्दी खोलामा डुबेको अवस्थामा करिब ३०–३५ वर्षकी ती महिलाको श;व फेला परेको हो । तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल तनहुँ लगिएकोमा उनको उपचारकै क्रममा मृ;त्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायि उपरीक्षक अशोक थापाले जनाकारी दिए । उनका अनुसार मृत;कको उमेर करिब ३०–३५ वर्ष, उचाइ ५ फिट २ इन्च, शरीरको माथिल्लो भागमा बैजनी रङको टिसर्ट लगाएको, जसको अगाडि सेतो र खैरो रङको गुडियाको चित्र रहेको रहेको छ ।
हालसम्म सना;खत हुन नसकेको उक्त श;व पोस्टमा;र्टमका लागि दमौलीस्थित प्रदेश अस्पतालको श;व गृहमा राखिएको प्रहरीले जनाएको छ ।
यदि कसैले यो हुलिया भएको व्यक्तिलाई चिनेमा जिल्ला प्रहरी कार्यालय तनहुँ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यलय तनहुँले आग्रह गरेको छ।
