जनचाहना न्युज डटकमका कार्यकारी सम्पादक एसवि नेपालीलाई समाचार सङ्कलनका क्रममा मंगलबार प्रदेश अस्पताल दमौलीभित्र भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार सङ्कलनमा पुगेका पत्रकार नेपालीको मोवाइल खोसेर अस्पतालका डा। निराजन पन्थले अडियो डिलिट गरी गरेको दुव्र्यवहारप्रति महासङ्घ खेद प्रकट गरेको हो ।

उक्त विज्ञप्तीमा समाचार सङ्कलन गर्नुपूर्व पत्रकार नेपालीले आफ्नो परिचय र समाचार सङ्कलनको उद्धेश्य स्पष्ट पारेको अवस्थामा डाक्टर पन्थबाट भएको दुव्र्यवहार प्रेस स्वतन्त्रता विरोधी भएको महासङ्घको ठहर रहेको उल्लेख गरेको छ । स्वतन्त्र रुपमा समाचार सङ्कलन गर्न पाउनु पत्रकारको नैसर्गिक अधिकारमाथि भएको हस्तक्षेपको निन्दा गर्दै पत्रकारमाथि दुव्र्यवहार गर्ने डाक्टरलाई आवश्यक कारवाहीका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ जोडदार माग गर्दछ ।
नेपाली माथि भएको दुव्र्यवहार प्रति प्रेस सेन्टर तनहुँ र प्रेस सेन्टर गण्डकी प्रदेश लगाएतले विज्ञप्ती जारी गरेको छ ।
नेपाली नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व उपाध्यक्ष समेत हुन् ।