रिबुल्ड नेपालसंस्थाद्वारा संस्थाले व्यासनगरपालिका–१३ बेनिकोट स्थित रहेको बेनीमित्र विद्यालयमा अध्ययनरत ३७ जना विद्यार्थीहरूलाई मंगलबार कपडा, झोला तथा स्टेशनरी लगायतका सामग्री सहयोग गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा व्यास नगरपालिकाका– १३ का जनप्रतिनिधि नर बहादुर थापा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेख बहादुर थापा विद्यालयका प्रधानाध्यापक किशोर सुनाम शिक्षक ईश्वर बास्तोला र रिबुल्ड नेपाल संस्थाका संयोजकद्वय सरोज बस्नेत, दिपेन्द्र सापकोटाको विशेष उपस्थितिमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा सहभागी अतिथिहरूले रिबुल्ड संस्थाको शैक्षिक कार्यको प्रशंसा गर्दै शैक्षिक सहयोगहरूले विद्यार्थीहरूमा थप प्रेरणा र आत्मबल जागृत गराउने विश्वास व्यक्त गर्नुभयो । उक्त सहयोग संस्थाका प्रतिनिधि टोलीमार्फत प्रदान गरिएको हो। रिबुल्ड नेपालका संयोजक सरोज बस्नेतले तनहुँ जिल्लाका विभिन्न स्थानिय तह व्यास, भानु र बन्दिपुरका विभिन्न सामुदायिक विद्यालयहरुमा निम्न आयस्रोत भएका विद्यार्थीलाई सहयोग, सीप सिकाइमा तनहुँमा संस्थाले ४ बर्षदेखि शैक्षिक क्षेत्रमा कार्य गर्दै आइरहेको बस्नेतले बताउनुभयो ।
रिबुल्ड नेपालका प्रतिनिधि दिपेन्द्र सापकोटाले रिबुल्ड नेपालका संस्थापक अमेरिकी नागरिक अर्नि थर्नेस नेपाल आउदा गरिबी र शिक्षाको स्तर उन्नतिको स्थिति बि।स। २०७२ सालको भुकम्पले प्रभाव पारेको देखिएपछी नेपालको शैक्षिक संस्थाहरु र शिक्षा क्षेत्रमा योगदान संस्थाको रहेको छ। विद्यालय र समुदाय लाई स्वास्थ्य लाभ पुग्ने गरि आधारभुत औषधीजन्य सामग्री रहेको प्राथमिक उपचार बासक विद्यालयका प्रध्यानाध्यापक किशोर सुनाम लाई सापकोटाले हस्तान्तरण गर्नुभयो । यसले विद्यालय तथा गाउमा आकस्मिक बिरामी भएको अबस्थामा राहत पुग्ने औषधीको अभाव हुन नदिन वडा स्वास्थ्य केन्द्रमा सहकार्य गरि प्राथमिक उपचार लाई निरंतरता दिन सापकोटाले अनुरोध गर्नुभयो ।
विद्यालयका शिक्षक इश्वर बास्तोलाको पहलमा रिबुल्ड नेपाल मार्फत बेनिमित्र विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।
विद्यालयका प्रध्यानाध्यापक किशोर सुनामले व्यास–१३ बेनिकोट नगरपालिकाको नजिक रहेर पनि शिक्षा क्षेत्रमा पछि परेको अवस्थामा रिबुल्ड संस्थाको शैक्षिक सहयोगले प्रती खुसी व्यक्त गर्दै आगामी दिनमा सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष लेख बहादुर थापाले विद्यालय र गाउलाइ शैक्षिक स्तर माथी ल्याउन जिम्मेवार ब्याक्तिहरु आफ्नो जिम्मेवारी प्रती इमानदार भए शैक्षिक उन्नति हुने बताउँदै रिबुल्ड नेपालाइ धन्यवाद प्रदान गर्नुभयो । व्यास १३ का जनप्रतिनिधि वडा सदस्य नर बहादुर आलेले उक्त संस्थाले प्रदान गरेको यो सहयोगले विद्यार्थीहरूको दैनिक आवश्यकतालाई सहज हुने बिश्वास व्यक्त गर्नुभयो ।

