तनहुँको बन्दीपुर केवलकारको बटम स्टेशनमा संन्चलन भएको खुल्ला तीज गीत प्रतियोगिता– २०८२ उपाधि व्यासज्योति धर्म जागरण समूहले उचाल्न सफल भएको छ । ५० टिमले नाम दर्ता गराएको मध्य बिशेष छनोटबाट २८ टिमलाई सहभागी गराईएको थियो । मंगलबार भएको फाइनल प्रतियोगितामा आठ समुहले प्रतिस्पर्धा गरेका थिए । व्यासज्योति धर्म जागरण समूहले प्रतियोगितामा सहभागी २८ वटा समूहलाई पछि पार्दै ३७० दशमलव ४ अंङ्क प्राप्त गरी पहिलो पुरस्कार हात पारेको थियो । निर्णयक मुल्याङकन अकं २ सय ९६, जनताको भोट २७, भोट प्राप्त अंक ७४ दशमलव ४ गरी जम्मा ३७० दशमलव ४० अंङ्क प्राप्त गरेको थियो ।

त्यसैगरी युनाइटेड क्लब पोखराले ३६५ दशमलव ३८ अंङ्क प्राप्त गरी द्वितीय स्थान हासिल गरेको थियो । जस्मा निर्णयक मुल्याङकन अकं २ सय ९१, जनताको भोट ४०, भोट प्राप्त अंक ७४ दशमलव ३८ गरी जम्मा ३६५ दशमलव ३८ अंङ्क प्राप्त गरेका थिए भने युनेस्को युवा क्लब पुर्कोटले ३५१ दशमलव १८ अंङ्क पाएर तृतीय स्थान हासिल गरेको थियो ।

जस्मा निर्णयक मुल्याङकन अकं २ सय ७९, जनताको भोट २७, भोट प्राप्त अंक ७२ दशमलव १८ गरी जम्मा ३५१ दशमलव १८ अंङ्क प्राप्त गरेको थियो । सान्तवना स्थान हासिल गरेको ऋषिङ पाटन आमा समूहले ३२१ दशमलव ८२ अंङ्क प्राप्त गरेको थियो । जस्मा निर्णयक मुल्याङकन अकं २ सय ५८, जनताको भोट १८ र भोट प्राप्त अंक ६३ दशमलव ८२ रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले नगद रु १ लाख ११ हजार १ सय ११ रुपयाँ, द्वितीयले रु ५५ हजार ५ सय ५५, तृतीय रु २५ हजार ५ सय ५५ र सान्त्वनाले रु ११ हजार १ सय ११ रुपैया र प्रमाणपत्र प्राप्त गरेको आदियोगी प्रज्ञधामका एबं बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । प्रथम, द्धितिय र तृतीयले मात्र नभई सहभागी प्रतियोगी प्रत्येक टिमलाई केवलकारको २० वटा टिकट निशुल्क व्यवस्ता गरिएको शर्माले बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा निर्णयकको निर्णयप्रति केहि समुहले आपति जनाएपनि अन्यमा सबै प्रतियोगिले निर्णय सुइकार गरि पुरस्कार ग्रहण गरेको प्रतियोगिताको निर्देशक लक्ष्मी सापकोटाले जानकारी दिनुभयो । उहाँले आयोजकले कुनैपनि समुहलाई पक्षपात नगरी दिदिबहिनिहरुको प्रतिभा प्रस्फुटन गराउने, दुख ः सुख साटासाट गरी आत्मिएता बढाउने र पर्यटन प्रर्वदन गर्ने उद्देश्यले कार्यक्रम राखिएको हुनालेपनि यसमा कुनै सङ्खा नगर्न सबैमा अनुरोध गर्नुभएको छ ।

प्रतियोगिताको निर्णयक संयोजकको भुमिकामा रहनुभएका आदिकबि भानुभक्त क्याम्पसकी प्रध्यापक नारायणी अधिकारीले आयोजक समितिले दिएको विभिन्न मापदण्ड अनुसार प्रस्तुतीकरण ,गित,हाउभाउ लगएतको अधारमा मुल्यङकन गरि नम्बर दिएको बताउनुभयो । उहाँले थोरै नम्बर मात्र फरक परेको पाँच जना निर्णयकहरुले मुल्यङकन गरि नतिजा प्रकाशन गरिएको र यसमा निर्यणकको तर्फबाट कुनै त्रुटी नरहेको हुनाले विवाद गर्नुको औचित्व नरहेको बताउनुभयो ।

प्रतियोगिताको निर्णयक संयोजकको भुमिकामा आदिकबि भानुभक्त क्याम्पसकी प्रध्यापक नारायणी अधिकारी रहनुभएको थियो भने राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान तनहुँका पूर्व अध्यक्ष तथा व्यास नगरपालिकाको सहायक प्रशासकीय अधिकृत बिष्णु खड्का, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य भोला भण्डारी ,राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान तनहुँकी महिला उपाध्यक्ष सावित्र हड्खले लगाएत निर्णयक समुहमा रहनुभएको थियो । कार्यक्रमको संचालन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान तनहुँको पुर्व अध्यक्ष मेगनाथ रिमालले गर्नुभएको थियो । रिमाल चर्चित कलाकार एबं उत्कृष्ट कार्यक्रम उद्वघोषक समेत हुनुहुन्छ ।

प्रतियोगितामा मुख्य प्रायोजक बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड,सहप्रायोजकमा नेको इन्स्युरेन्स लिमिटेड र सहयोगीमा बाह्रसिंह्रे,चन्द्र निर्माण सेवा,डिजाइन स्टेशन,मुस्ताड प्लाजा,ड्राइभ इन,घुमाउने घर र आदियोगी प्रज्ञा धाम रहेका थिए ।