तनहुँको बन्दीपुर केवलकारको बटम स्टेशनमा संन्चलन भएको खुल्ला तीज गीत प्रतियोगिताको आज अन्तिम दिन रहेको छ । ५० टिमले नाम दर्ता गराएको मध्य बिशेष छनोटबाट २८ टिमलाई सहभागी गराईएको थियो । पहिलो चरणमा सहभागी २८ समुहको प्रस्तुती सोमबार सकिए संगै दोश्रो चरणमा ८ टिम प्रबेश गरेका छन् ।


दोस्रो चरणमा प्रवेश गरेका मध्य युनाइटेड क्लब पोखरा पहिलो स्थानमा नाम निकाल्न सफल भएको छ । तेसैगरी पुर्कोट युनेस्को क्लब , व्यास ज्योति धर्म जागरण , भादगाउँ दरै महिला समाज , दुम्सी दरै महिला होमस्टे , क्षेत्री समाज नेपाल , हरिहर महिला समूह र ऋषिङ पाटन महिला समूहले दोश्रो चरणको लागि नाम निकाल्न सफल भएका छन् । अन्तिम प्रतिस्पर्दा बन्दीपुर केवलकारको बटम स्टेशनमा आज ११ बजेदेखी सुरु हुने बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।


२०८२ भाद्र ६ देखि १० सम्म,आदियोगी प्रज्ञा धामद्वारा आयोजित तथा बन्दिपुर केबलकारको मुख्य प्रायोजनमा भएको तीज गीत प्रतियोगिताको बिजेताले नगद रु १ लाख ११ हजार १ सय ११ रुपयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेसैगरी द्वितीयले नगद रु ५५ हजार ५ सय ५५,तृतीयले २५ हजार ५ सय ५५ रुपया प्रमाणपत्र प्राप्त गर्नेछन् ।


प्रथम, द्धितिय र तृतीयले मात्र नभई सहभागी प्रतियोगी प्रतेक टिमलाई केवलकारको २० वटा टिकट निशुल्क व्यवस्ता गरिएको प्रतियोगिताको निर्देशक लक्ष्मी सापकोटाले जानकारी दिनुभयो । उहाँले प्रतियोगी मध्य एक टिमलाई सान्त्वना पुरस्कार ११ हजार १ सय ११ तथा प्रमाणपत्र रहेको बताउनुभयो ।


कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान तनहुँ र गण्डकी प्रदेशका खेतिप्राप्त कलाकारहरुकोसमेत बेजोड प्रस्तुती समेत रहने कलाकार संयोजक एबं राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान तनहुँको पुर्व अध्यक्ष मेगनाथ रिमालले जनाकारी दिनुभयो । रिमाल चर्चित कलाकार एबं उत्कृष्ट कार्यक्रम उद्वघोषक समेत हुनुहुन्छ ।


साथै प्रतियोगिताको लागि मुख्य प्रायोजक बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड,सहप्रायोजकमा नेको इन्स्युरेन्स लिमिटेड र सहयोगीमा बाह्रसिंह्रे,चन्द्र निर्माण सेवा,डिजाइन स्टेशन,मुस्ताड प्लाजा,ड्राइभ इन,घुमाउने घर र आदियोगी प्रन्जनधाम रहेका छन् ।





