तनहुँको बन्दीपुर केवलकारको बटम स्टेशनमा खुल्ला तीज गीत प्रतियोगिता भदौ ६ गतेबाट सुरू भएको छ। सो प्रतियोगिताको आज फाईनल हुँदैछ ।प्रतियोगितामा २८ टिमबाट फाईनल राउन्डमा पुगेका थिए भने ८ टिम टिम बीच प्रतिस्पर्धा हुने बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।


उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १सय ११रुपयाँ ,द्वितीय पुरस्कार रु ५५ हजार ५ सय ५५,तृतीय पुरस्कार २५ हजार ५ सय ५५ र सान्त्वना ११ हजार १ सय ११ तथा प्रमाणपत्र रहेको प्रतियोगिताको निर्देशक लक्ष्मी सापकोटा जानकारी दिनुभयो ।


साथै प्रतियोगिताको लागि मुख्य प्रायोजक बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड,सहप्रायोजकमा नेको इन्स्युरेन्स लिमिटेड र सहयोगीमा बाह्रसिंह्रे,चन्द्र निर्माण सेवा,डिजाइन स्टेशन,मुस्ताड प्लाजा,ड्राइभ इन,घुमाउने घर र आदियोगी प्रन्जनधाम रहेका छन् ।



उक्त प्रतियोगितामा सोमबार भानु नपाका नगर प्रमुख आनन्दराज त्रिपाठी , उपमेयर उमा गोतामे, ब्यास नगरपालिकाकी उपमेयर ईन्दिरा दराई , बन्दिपुर गापाकी उपाध्यक्ष पञ्चमाया गुरुङ , ऋषिङ गापाकी उपाध्यक्ष गिनुमाया थापा, लोक गाएक पुरुषोत्तम न्यौपाने, मेघनाथ रिमाल, कमल सापकोटा , शोभा श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

