तनहुँको बन्दीपुर केवलकारको बटम स्टेशनमा खुल्ला तीज गीत प्रतियोगिता सुरू भएको छ । शुक्रबारबाट १० गतेसम्म सो खुल्ला तीज गीत प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको पुर्व आन्तरिक मामिला तथा प्रदेश सभा सदस्य हरीबहादुर चुमानको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्धाटन गरीएको थियो । सो अवसरमा बोल्दै चुमानले बन्दीपुरमा पर्यटक भित्र्याउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।उहाँले स्थानीय ,प्रदेश र केन्द्र सम्म यश ठाउँको विकासको लागि आफ्नो पहल गरिरहेको बताउनुभयो ।


कार्यक्रममा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुरको विकासका केवलकारमा नयाँ सम्भावनाको ढोका खोलेको बताउनुभयो ।

प्रतियोगितामा शुक्रबार ३ समुहको प्रस्तुती रहेको थियो भने शनिबार ७ समुहको प्रस्तुती रहने बन्दीपुरहिलका अध्यक्ष एबं कार्यक्रमका सभापती रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १सय ११रुपयाँ ,द्वितीय पुरस्कार रु ५५ हजार ५ सय ५५,तृतीय पुरस्कार २५ हजार ५ सय ५५ र सान्त्वना ११ हजार १ सय ११ तथा प्रमाणपत्र रहेको प्रतियोगिताको निर्देशक लक्ष्मी सापकोटा जानकारी दिनुभयो ।


प्रतियोगिताको लागि मुख्य प्रायोजक बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड,सहप्रायोजकमा नेको इन्स्युरेन्स लिमिटेड र सहयोगीमा बाह्रसिंह्रे,चन्द्र निर्माण सेवा,डिजाइन स्टेशन,मुस्ताड प्लाजा,ड्राइभ इन,घुमाउने घर र आदियोगी प्रन्जनधाम रहेका छन् ।