सरकारले हरेक विद्यालय बालमैत्री घोषण गरेपनि अझै पनि विद्यालयमा बालमैत्री शिक्षा हुन सकेको छैन । विद्यालयमा विद्यार्थीहरुलाई दुरव्यवहार, कुटपिट गर्न पाइदैन भन्दै गर्दा व्यवाहारमा भने त्यति लागु भएको देखिएको छौँ । प्राय त सामुदायक विद्यालय भन्दा संस्थागत विद्यालयमा बालमैत्री शिक्षा नभएको र विद्यार्थीहरु माथि विभिन्न प्रकारका त्रा;स ,कुट;पिट लगाएतका घट;ना भएको हामीले देख्दै आएका छौँ । त्यस्तै घटना तनहुँको दमौलीमा रहेको एक संस्थागत विद्यालयमा घटेको छ ।
व्यास नगरपालिका वडा नं ३ शान्तिनगर स्थित गोरखकाली आवसिय विद्यालयका विज्ञान पढाउने शिक्षकले तीन जना विद्यार्थीलाई निर्घा;त कुट;पिट गरेका छन् । शिक्षक अर्विन नेपालीले कक्षा कोठामा मकै खाएको र सोधेको पश्र नजान्दा विद्यार्थी माथि नि;र्घात कु;टपिट भएको विद्यार्थीहरु बताउछन् । कक्षा ८ मा अध्यनरत रिदम खड्का ,जुन गुरुङ र संकल्प कँडेल सहित तीन जना विद्यार्थीलाई नि;र्घात कुटपि;ट गर्दा निजहरु घा;इते भएका हुन् । शिक्षकले अन्य दिनहरुमा पनि पिट्ने गरे पनि आज धेरै पिटेर यातना दिएको विद्यार्थीहरुले बताए ।
शिक्षक नेपालीले पाइपले जुन गुरुङ,रिदम खड्कालाई पिठ्युँ र संकल्प कँडेललाई हातले गालामा आठ पटक कुटपिट गरेका हुन् । आठ पटक गालामा हिर्काउँदा आफु कक्षा कोठामै ढलेको विद्यार्थी कँडेलले बताए । विद्यार्थी कँडेल कक्षाका प्रथम विद्यार्थी समेत हुन् ।
विद्यार्थी पि;टिएको खबर पाएपछि केही अभिभावक आक्रो;शित हुदै शिक्षाकलाई कुटे;का थिए ।अभिभावकहरुले घटनामा समलंग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
शिक्षक नेपालीले आफुले विद्यार्थीलाई कुट;पीट गरेको स्वीकार गरेका छन् । शिक्षक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ गरिएका शिक्षकका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजु अधिकारीले बताए ।
यस विषयमा विद्यालयकी प्रिन्सिपल विणा कैनीले घटना बारे विद्यालय व्यवस्थापन समितिको बैठक बसेर थप कारबा;हीको निर्णय लिने बताइन् ।
यसभन्दा अधि पनि गोरखकाली आवसिय माध्यमिक विद्यालयमा शिक्षकले विद्यार्थीालाई यौ;न दुर्व्यव;हार गरेको घट;ना बाहिरिएको थियो ।
त्यस्तै २०८१ माघ ३० पनि भिमाद नगरपालिका स्थित प्रभात एकेडेमी बोडिङ स्कुलमा अध्ययनरत विद्यार्थीलाई तातो पन्यूले डाम्नेर घाइते भएका थिए ।