टिम नेपो तनहुँद्वारा ७औँ स्थापना दिवसको अबसरमा मानुङकोटमा झण्डोत्तोलन तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक सेवा र वातावरण संरक्षणको उद्देश्यले टिम नेपो तनहुँले मानुङकोट, व्यास नगरपालिका वडा नं ५ मा झण्डोत्तोलन तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमको क्रममा मनमोहक प्राकृतिक क्षेत्र मानुङकोटमा टिम नेपोका सदस्यहरूले राष्ट्रिय झण्डा फहराउने कार्य गरेका थिए। साथै, वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले विभिन्न जातका बिरुवा रोप्ने वृक्षरोपण कार्यक्रम पनि संचालन गरिएको थियो।


कार्यक्रममा टिम नेपो तनहुँले आगामी दिनहरूमा पनि यस्ता सकारात्मक तथा सामाजिक रुपान्तरणमा आधारित कार्यहरू निरन्तर रुपमा गर्दै जाने प्रतिबद्धता टिम नेपो तनहुँको अध्यक्ष श्री राजु श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथिको व्यास नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बिष्णु कुमार श्रेष्ठ रहनुभएको थियो। वडा नं ६ का वडा अध्यक्ष जीवन गुरुङ, टिम नेपोका पदाधिकारी, सदस्यहरू, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।