तनहुँको भिमाद नगरपालिकाको नगरसभाको २०औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२ ÷८३ को लागि स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट वार्षिक नगर विकास योजना पुस्तिका सार्वजनिकीकरण समारोह सम्पन्न भएको छ । समारोहमा पूर्व मन्त्री माननीय किरण गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भई योजना पुस्तिकाको औपचारिक सार्वजनिक गर्नुभएको थियो । भिमाद नगरपालिकाका श्रद्धेय नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षता, पूर्व मन्त्री माननीय किरण गुरुङको प्रमुख आतिथ्यता , नगर उपप्रमुख शारदा खनाल र प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन तथा वडा अध्यक्ष एवं जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारीहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन भएको थियो ।