पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपाल, आदिकवि भानुभक्त क्याम्पस इकाइको १४ औं अधिवेशनवाट उप प्राध्यायक राजन घिमिरेको नेतृत्वमा सर्वसम्मत रुपमा ईकाई कार्यसमिति गठन भएको छ। कार्यसमितिको उपाध्यक्षमा उप प्रा सागर न्यौपाने, सचिवमा सहायक प्रा विष्णु हडखले, कोषाध्यक्षमा सहायक प्रा मिना श्रेष्ठ र सहसचिवमा सहायक प्रा कन्चना काफ्ले र सदस्यहरूमा ( उप प्रा दीपा थापा, उप प्रा गजेन्द्र पौडेल, उप प्रा चिजकुमार श्रेष्ठ, उप प्रा बिमल खत्री, सहायक प्रा बुद्धकुमार श्रेष्ठ, र सहायक प्रा। धनबहादुर थापा अनुराग निर्वाचित भएका छन्। अधिवेशनको अन्त्यमा निर्वाचन समितिका संयोजक उप प्रा बिमल गिरीको अध्यक्षतामा प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरिएको थियो। उक्त अवसरमा निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।