जलवायु परिवर्तनलाई न्युनीकरण गर्दै व्यास नगरपालिकाको वातावरण स्वच्छता सम्बन्धि बार्षिक समिक्षा कार्यक्रम सम्पन भएको छ । सोमबार नगरपालिको सभाहलमा व्यास नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजनामा सो कार्यक्रम सम्पन भएको हो । व्यास नगरपालिकाले २०८१ जेठ १ गतेबाट ४० माइक्रोनभन्दा कमका प्लाष्टिकका झोला प्रतिबन्ध गरेको थियो। नगरपालिकाले पनि सुरु गरेको १५ महिनाको अवधिमा ऐन विपरीत प्लाष्टिकका झोला बिक्री गर्ने सय भन्दा धेरै वटा थोक र खुद्र बिक्रेताबाट समान जफत गरि पाँच सय देखि दुई हजार सम्म नगत जरिवाना असुल गरेको संयोजक रनसिं नेपालीले बताउनुभयो । उहाँका अनुसार प्लाष्टिकका झोला प्रयोगकर्ताको हका प्रथम पटकमा रु दश रुपयाँ,दोस्रो पटक रु बिस ,तेस्रो पटकमा रु पचास रुपयाँ जरिवाना गरिएको छ । साथै खुद्रा विक्रेताहरुलाई प्रथम पटक रु पाँच सय ,दोस्रो पटक रु एक हजार ,तेस्रो पटक रु तीन हजार रहेको छ । थोक विक्रेताको प्रथम पटक रु दुई हजार ,दोस्रो पटक रु चार हजार ,तेस्रो पटक रु छ हजार रहेको छ भने उत्पादकको प्रथम पटक रु तीन हजार ,दोस्रो पटक रु पाँच हजार ,तेस्रो पटक आठ हजार जरिवाना तोकिएको नेपालीले बताउनुभयो ।
नगरपालिकालाई प्लाष्टिक झोला मुक्त गराउनको लागि आर्थिक वर्ष २०८१÷८२मा दुई लाख रुपयाँ बजेट सीमा भित्र रहेर कार्यक्रम सम्पन गरिएको उहाँले बताउनुभयो। आ व २०८२÷८३मा पनि दुई लाख रुपयाँ बजेट व्यवस्था भएको छ ।
सो कार्यक्रमा बोल्दै व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले ४० माइक्रोन र सो भन्दा माथिको प्लाष्टिकको झोला प्रयोग गर्न पाउने नीतिलाई कडाइका साथ लागु गरेको बताउनुभयो । उहाँले ऐन विपरित कार्य गरेमा नगरप्रहरीको प्रतिवेदनको आधारमा दण्ड जरिवाना पसल सिल गरि दर्ता आरेज समेत गरिने छ । केही हप्ता मात्र निष्ेधित प्लाष्टिकका झोला प्रयोग गर्ने र व्या न पा को अनुगमनकर्तालाई अवरोध गरी दुव्र्यवहार गर्ने व्यास ३ का तीन जना व्यापारीलाई कानुन बमोजिम नियन्त्रयणमा लिई अभद्र व्यवहारमा मुद्धा चलाइएको उल्लेख गर्नुभयो ।

त्यस्तै उपप्रमुख इन्दिरा दरै , प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे , वडाका अध्यक्षहरु लगाएतले नगरपालिकाले १४ वडामा प्लाष्टिकको झोला मुक्त धोषणका लागि सचेतना गर्दा पनि सोचे अनुरुप कार्यन्यन नभएको बताउनुभएको थियो । उहाँहरुले सर्वसाधारणलाई ४० माइक्रोनका प्लाष्टिकका झोला पहिचान गर्न कठिनाई,व्यापारी व्यवसायीहरुमा बैकल्पीक झोलाहरु उत्पादन गर्ने र विक्री वितरण गर्ने ईच्छाशक्ति नदेखिएको , व्यवसायिक तालिमको अभाव लगाएत विभिन्न कारणहरु भएकाले यसलाई न्युनिकारण गर्न सबै जना लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।