तनहुँको बन्दिपुर ५ याम्पाढाब निवासी भिमबहादुर क्षेत्रीलाई २९ वर्षकै उमेरमा रोगले गाल्न थाल्यो , उनी उपचारका लागि धेरै अस्पताल धाए तर रोग पत्ता लागेन पोखराको एक अस्पतालले त १५ दिन भित्र मृत्युु हुन सक्ने भन्दै भर्ना गर्न मानेन र उनीलाई आफन्तले सल्लाह दिए एक पटक भरतपुर क्यान्सर अस्पतालमा जँचाउन , उनले त्यसै गरे आखिर ब्लड क्यान्सर रोगले गालिसकेको थाहा पाए, उनी छाँगाबाट खसे जस्तै भए , परिवार कसरी पाल्ने रु ७ वर्ष र ३ वर्षकी दुई छोरीको लालनपालन र शिक्षादिक्षा कसरी गराउने भन्ने चिन्ताले पिरल्यो तर हिम्मत भने हारेनन् ।
उनको परिवार पृथ्वी राजमार्गको ढाबमा एक सामान्य होटल ब्यवशाय गरि बसेको थियो । छोरीहरुको लालनपालन , शिक्षादिक्षा र औषधि उपचार गर्नु पर्ने बाध्यता उनी माथि आईपरेपछि होटल सँगसँगै बाख्रा पालन ब्यवशायमा हात हाले, यो अवस्थामा श्रीमती ममताको साथले होष्टेमा हैंसे गर्न थप मद्दत मिल्यो । छोरीहरु साना, रोगको लागिऔषधि भारतबाट मगाउनु पर्ने त्यहिँमाथि महँगो । छोरीहरु जेठी निशा र कान्छी अनिशा पढाईमा निकै जेहेन्दार र उत्कृष्ट थिए , समाजका आँखाका नानी थिए । त्यसैको फलस्वरूप उनीहरु हाल उच्च शिक्षाका लागि अष्ट्रेलियामा छन् ।
ब्लड क्यान्सर जस्तो रोगसँग १८ वर्ष सम्म जुध्दै बुधबार राती ४७ वर्षको उमेरमा उनी सधैंका लागि अस्ताए । मृयू अघि विरामीले गालेपछि अस्पतालमा भर्ना भएका बुवाको उपचार गर्न उच्च शिक्षाका लागि अस्ट्रेलियामा रहेका दुई बहिनी छोरीहरु आए तर उनको अवस्था निकै नाजुक भैसकेकाले उपचार सम्भव भएन । स्थानीयका अनुसार ूभिमबहादुरको जीवन भोगाईले केही पाठ सिकाउँछ , एक जस्तोसुकै रोगलागे पनि रोगलाई जित्न आत्मबल चाहिन्छ , अर्को जुनसुकै परिस्थितिमा पनि धैर्यता , हिम्मत र परिश्रम गर्नुपर्छ अनि छोरी र छोरामा भिन्नता गर्नु हुन्न भन्ने नै हो ।ू
समाजमा छोराले मात्रे बुवाआमाको काजकिरिया गर्छन भन्ने भ्रम चिर्दै बुवाको मृत्युुपछि छोरीहरु २५ वर्षकी निशा र २१ वर्षकी अनिशाले घरदेखि घाटसम्म काँधमा बोकेर पुर्याएका छन् भने दागबत्ती दिएर काजकिरियामा आमासँगै बसेका छन् ।