नेपाल प्रहरीले काठमाडौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई पक्रा;उ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’मा गुण्डा नाइके चक्रे मिलनसहित उनीहरुलाई बिहीबार राति पक्रा;उ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डा;गर्दी तथा आपराधिक कार्यमा संलग्न व्यक्तिलाई पक्रा;उ गरिएको जानकारी दिनुभयो ।

“अवाञ्छित तथा गुण्डागर्दी गतिविधि गर्नेलाई नियन्त्रणमा लिएका हौँ, उनीहहरुसँग सोधपुछ भइरहेको छ,” उहाँले भन्नुभयो । रेष्टुरेन्ट, क्लबमा बसेर झैझ;गडा गर्ने तथा हप्ता असुल्ने कार्यमा संलग्न भएकाले पक्रा;उ गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले बिहीबार बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डा;गर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्रा;उ गरेको थियो । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झ;गडा गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।