तनहुँको घिरिङ गाउँपालिका स्थित ग्रामीण क्षेत्रमा रहेको सुन्धारा स्वास्थ्य चौकीमा बुधबार देखि भिडियो एक्सरे सेवा शुभारम्भ गरिएको छ । स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट रु सत्र लाख मूल्यको भिडियो एक्सरे (अल्ट्रासाउण्ड) मेसिन प्राप्त भएपछि सेवा सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष होम बहादुर थापाका अनुसार एक्सरे सेवा संचालनमा ल्याएसंगै स्थानीयबासीमा खुशी भएका छन् । गर्भवती महिलाहरूको परीक्षणका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँ बताउनुभयो ।
स्वास्थ्य चौकीबाट प्रत्येक हप्ताको बुधबार नियमित रूपमा सेवा प्रदान गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले बताउनुभयो ।


कार्यक्रममा वडा नं ३ का अध्यक्ष तहलसिं थापा ,गाउँपालिकाका कार्यपालिका सदस्य पार्वती बिक, ईश्वरी श्रेष्ठ, वडा सदस्य लोकबहादुर गुरुङ्ग, सुन्धारा स्वास्थ्य चौकीका प्रमुख प्रितम थापा,महिला स्वयंसेविका स्थानीयबासी लगायतका उपस्थिति रहेको थियो ।

