व्यास नगरपालिका–३ स्थित तरकारी लाइनमा बजार अनुगमनमा गएका व्यासका टोलीमाथि अभद्र दुव्र्यवहार गर्ने तीन जना बुधबार धरौटीमा रिहाई भएका छन् । रिहाई हुनेमा ५५ बर्षीय जवाहित साह,५० की मायादेवी साह र उनका २३ बर्षीय छोरा राजु साह रहेको जिल्ला प्रहरी कार्यालय मुद्धा शाखाका सई याम नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार निजहरुलाई पहिलो पटक पाँच दिनको म्यादपछि दोस्रो पटक पुन ः पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको सातौं दिनमा रु १६ हजार बुझाएर छिुटेका हुन् । व्यवसायीले साउन ८ गते अनुगमनमा खटिई गएका जनप्रतिनिधी र कर्मचारी माथि अभद्र व्यवहार गरेका थिए । उनीहरु बिरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँमा मुद्धा दर्ता भएको थियो ।
