पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको क्रममा भइरहदा दुर्घटना भने दिनहु जस्तो भईरहेको छ । सडक विस्तारपछि यातायात सहज बने पनि दुर्घटना भने बढ्दै गएको हो। सडक दुर्घटनामा परी एक वर्षको अवधीमा ६२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ।
आर्थिक वर्ष २०८१र८२ मा ९० साना तथा ठूला सवारी साधन दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । पुरुष ३५, महिला २२, बालक दुई र बालिका तीन गरी ६२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। सवारी दुर्घटनामा परी ७६ जना गम्भिर घाइते भएका छन् भने ४३ जना सामान्य घाइते भएका चन्दले बताउनुभयो। ट्राफिक प्रमुख चन्दले भने, “ठूलो बस आएको पर्यटकको दुर्घटनाले जिल्लाको मृत्युदरको तथ्याङ्क बढेको छ, विगतको तुलनामा हेर्दा सामान्य हो, तर ह्वात्तै बढेको मृत्युदरले प्रश्न उठाउने गरेको छ।” ट्रक ट्याङ्कर सात, टिपर पाँच, बस १६, माइक्रो तीन, जीपकार १४, ट्याक्टर चार र मोटरसाइकल ४१ गरी कुल ९० सवारी साधन दुर्घटना भएका ट्राफिकको तथ्याङ्कमा उल्लेख छ।
आर्थिक वर्ष २०८०र८१ मा सवारी दुर्घटनामा परी ३९ जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा ५० जना गम्भीर घाइते र ५१ जना सामान्य घाइते भएका थिए। यस आवमा ५० सवारी साधन दुर्घटना भएका थिए। आर्थिक वर्ष २०७९र८० मा ५२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। सवारी साधन दुर्घटनामा परी ४९ जना गम्भिर घाइते र १४ जना सामान्य घाइते भएका थिए।
जिल्ला ट्रफिक कार्यलय तनहुँका प्रहरी सहायक हवल्दार सुनिल क्षेत्री का अनुसार , “सडक विस्तार भएपछि सवारी साधन दुर्घटना बढ्दै गएको छ । अधिकांश यात्रु तनहुँका सडकको यात्रामा हुने घुम्ती तथा स्ट्रेट रोडको बारेमा जानकार नहुँदा बढी दुर्घटनामा पर्ने छ। उहाँले भन्नुभयो , “करिब ७२ किलोमिटर दुरीको मुग्लिन–पोखरा सडक खण्डमा अधिक स्थानमा सडक विस्तारपछि सहज बनेको छ, तर घुम्ती पनि उस्तै छन्, ती घुम्ती आउने समय नयाँ यात्रु जानकार हुँदैनन्, त्यसले गर्दा दुर्घटना दर बढ्न सक्ने अनुमान गरेका छौं।” सडक विस्तारपछि यात्रा सहज बनेसँगै उक्त सडकमा यात्रा गर्दा सहजतासँगै घुम्तीमा दुर्घटना बढ्न सक्ने भएकाले यात्रु नै सचेतना कार्यक्रमहरु गरिरहेको कार्यलयले जनाएको छ।