विश्वभुमी अनलाइनका सन्चालक पत्रकार राजकुमार श्रेष्ठ विवि नगद सहित सम्मानित हुनुभएको छ । म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष २०८२र०८३ को बजेट र नीति तथा कार्यक्रम सार्वजानिक एवं समिक्षा कार्यक्रममा श्रेष्ठलाई नगद रु १० हजार रुपैयाँ र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
गाउँपालिकाको गतिविधि तथा समाचारलाई नियमित रुपमा सन्चार माध्यममा सम्प्रेषण गरेको भन्दै श्रेष्ठलाई सम्मान गरिएको गाँउपालिकाले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्ले, गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले पत्रकार श्रेष्ठलाई सम्मान गरेका थिए ।