तनहुँका भीमाद नगरपालिकामा डेंगीको प्रकोप नियन्त्रण संम्बन्धि अभिमुखीकरण तथा प्रभातफेरी कार्य सम्पन्न भएको छ । भीमाद नगर पालिका श्वास्थ्य साखाको आयोजनामा आज लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट सुरक्षित रहन र नियन्त्रणका लागि अभिमुखीकरणका साथै सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरिएको हो ।


कार्यक्रममा नगरप्रमुख दधिराज सुबेदी उपप्रमुख शारदा खनाल,प्रशासकिय अधिकृत कमल प्रसाद पुन ,नगरप्रबक्ता तथा वडा नं ३ अध्यक्ष पदमराज सेन, वडा नं ७ अध्यक्ष प्रकास श्रेष्ठ वडानं १ अध्यक्ष दिपक आले,स्वास्थ्य शाखा प्रमुख,नगरपालिका कर्मचारी,टोल बिकास संस्थाका अध्यक्ष,स्वास्थ्य स्वयसेविकाहरुको सक्रिय सहभागिता रहेको थियो ।

