व्यास नगरपालिकाका कर्मचारी दैनिक जस्तो बजार अनुगमनमा जाने गर्थे । बुधबार बजार अनुगमनको क्रममा हिडेका कर्मचारी माथि दुव्र्यवहार भएको थियो । व्यास नगरपालिका–३ स्थित तरकारी लाइनमा बजार अनुगमनमा गएका टोलीमाथि दुव्र्यवहार गर्ने तीन जनालाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ५५ बर्षीय जवाहित साह,५० की मायादेवी साह र उनका २३ बर्षीय छोरा राजु साह रहेका छन् । पक्राउ परेका तीनै जनालाई नगरप्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख आशिक परियारले जानकारी दिनुभयो ।कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउनका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
व्यक्तिलाई मात्र नभई सम्पूर्ण नगरपालिकाको कर्मचारी माथि नै हमला भएकाले उनीहरु माथि अभद्र व्यवहारमा कानुनी कारवाही प्रक्रिया अघि बढाउन लागिएको उहाँले जनाकारी दिनुभयो ।
