तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका शरण सापकोटालाई वाइसिएल गण्डकी प्रदेश कमिटि इञ्चार्जमा चयन भएका छन् । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिका अध्यक्ष सापकोटा नेकपा माओवादी निकट भातृ संगठन वाइसिएलको केन्द्रिय उपमहासचिव समेत हुन् । यसअघि उनी गण्डकी संयोजक रहेका थिए। हालै भएको बैठकले सापकोटालाई गण्डकी इञ्चार्जको जिम्मेवारी तोकेको हो ।
