व्यास नगरपालिका वडा नम्बर २ स्थित उद्यमशील बचत तथा ऋण सहकारीले स्थापनाकालदेखि हालसम्म ऋण असुलीमा शतप्रतिशत प्रगती गर्न सफल भएको छ । सहकारीले आर्थिक बर्ष ०८१/८२ को पाँचौं बर्षमा पनि ऋण लगानीको साँवा र व्याज गरी शतप्रतिशत असुली गर्न सफल भएको हो ।
सहकारीले ४ करोड ५० लाख ऋण लगानी गरिएकोमा शतप्रतिशत असुली गर्न सकिएको सहकारीका अध्यक्ष बिकल्प श्रेष्ठले जानकारी दिनुभयो । सहकारीको कूल पूँजी ५ करोड ३६ लाख रहेको छ भने शेयर पूँजी २ करोड ७८ लाख रहेको श्रेष्ठ बताउनुभया । उहाँका अनुसार संस्थामा कुल शेयर सदस्य संख्या ३ सय ३७ जना रहेका छन् ।

सहकारीले हालसम्म ४ करोड रुपैंयाँ ऋण लगानी गरेको र असुलिमा शतप्रतिशत प्रगती हाँसिल गरेको सहकारी संस्थाका ऋण लगानी उपसमिति संयोजक सुरेश अधिकारीले जानकारी दिनुभयो । ऋण लागनी शतप्रतिशत कायम गर्न ऋण लगानी उपसमिति सदस्यहरु पवनजंग कार्की र रवि भुजेल लगायतको समेत साथ र समर्थन रहेको ऋण लगानी उपसमिति संयोजक अधिकारीले बताउनुभयो । स्थापनाको ५ बर्षसम्म संस्थाले नियमित रुपमा शतप्रतिशत प्रगती हाँसिल गर्दै आउनुमा व्यवस्थापक र कर्मचारीको अथक मेहनतको नजिता रहेको समेत उहाँले जानकारी दिनुभयो ।

शेयर सदस्यहरुको आफ्नो खाताको रकमको बारेमा मोवाइलबाटै जानकारी पाउन सकिने, उद्यमशील सहकारी संस्थामा आफ्नो खातामा रहेको रकमलाई आफ्नो खाता रहेको जुनसुकै बैंकमा मोवाइलबाटै रकम सारेर मुलुकको जहाँसुकै बैंकबाट समेत रकम झिक्न सकिने सुविधा रहेको उद्यमशील सहकारी संस्थाले जनाएको छ । शेयर सदस्यहरुलाई बढ्दो प्रविधिकरणलाई ध्यानमा राखि क्लाउड वेब बेस्ड सफ्टवेयर, फोन पे, मोबाईल बैंिकङ्ग, एसएमएस बैंिकङ्ग, मोवाईलबाट बचत संकलन, क्उि आर स्क्यान मार्फत बचत निक्षेप सुविधा समेत संञ्चालन गरेको सहकारी संस्थाका व्यवस्थापक सन्दिप गुरुङले बताउनुभयो ।