शनिबारबाट देशको विभिन्न भागमा भारी वर्षा भएको छ । आज दिउँसोदेखि देशको विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यलय तनहुँले सचेत रहन आग्रह गरेको छ । कार्यलयले एक सुचना जारी गर्दै वर्षाको कारणले भूक्षय,बाढी,पहिरो लगाएका जोखिम रहने भएकाले मादी,सेती, मस्र्याङदी,त्रिशुली ,कालीगण्डकी नदी लगाएत स्थानिय खोलाहरुमा पानीको सतह बढी जनधनको क्षती हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ । साथै पृथ्वी राजमार्ग,डुम्रे वेशीसहर सडक लगायत स्थानीय ग्रामीण सडकहरुमा सवारी साधन चलाउँदा उच्च सतर्कता अपनाउन उक्त सुचनामा उल्लेख गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ३ गते रातिदेखि ५ गते सोमबारसम्म देशको विभिन्न स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो। विपद् जोखिम न्यूनीकरण विज्ञहरुले लगातारको वर्षाले जोखिम बढ्ने भन्दै पहिरो, डुबान सम्भावित क्षेत्रमा बसोबास गर्नेहरूलाई सचेत रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिएका छन्।
सरकारले विपद्को जोखिम कम गर्न आवश्यक सबै तयारी भइरहेको जनाएको छ। सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय स्वयंसेवकहरू तयारी अवस्थामा राखिएको जनाइएको छ।
