रौतहटको पत्रकार रबिन्द्र प्रजापतिको आत्म;हत्या गरेका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डि;एका हुन् । झुण्डिए;को पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृ;त घोषणा गरेको बुझिएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृ;तक प्रजापतिको श;व पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।
पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धाक;धम्की खेपिरहेका थिए । खानेपानी समस्या सम्बन्धी समाचार लेखेका कारण उनलाई केहीदिन अगाडि मेयर जयसवालले धाक;धम्की दिदै गाली;गलौज गरेका थिए ।
मेयर जयसवालले दिएको धाक;धम्कीका कारण पत्रकार प्रजापति त;नावमा थिए । ड;रले घरबाट उनी बाहिर निस्किन सकेका थिएन् । त्यसैले पनि उनको आत्म;हत्यामा मेयरले दिएको ध;म्की मुख्य कारण रहेको स्थानीय बताउँछन् । मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धाक;धम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेष्ठ २९ मा विज्ञप्ती समेत जारी गरेको थियो । चौतारीका रौतहट शाखा अध्यक्ष अशोक पहाडीले विज्ञप्ती जारी गर्दै पत्रकारलाई मेयर जयसवालले दिएको धा;कधम्की विषयमा छानविन गरी दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासनसंग माग गरेका थिए ।
गरुडाका डिएसपी कार्कीले मृतक पत्रकार प्रजापतिलाई मेयर जयसवालले धा;कधम्की दिएको विषयमा थाहा नभएको बताए । उनले भने, ‘मेयरले धम्की दिएको थियो भन्ने कुरा थाहा भएन । घटनाको अनुसन्धान भइरहेको छ ।’
