सकारात्मक सोचको थालनी स्वंय आफैबाट गर्नु पर्दछ भन्न उदेश्यका साथ २०७२ सालमा स्थापना भएको इनरह्विल क्लब अफ दमौलीकाे ११ औ पदस्थापन कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भएको छ ।



पदस्थापन कार्यक्रममा २०२५ / २६ को अध्यक्षमा सृजना घिमिरे ले पदभार ग्रहण गर्नुभएको छ । उपाध्यक्षमा सविता श्रेष्ठ ,सचिव सरू श्रेष्ठ ,कोषाध्यक्ष गोमा श्रेष्ठ ,आईएस ओ सुनिता श्रेष्ठ ,सम्पादक अन्जु श्रेष्ठ सदस्यहरू सन्जु जि सी ,सुशिला राई,बबिता मल्ल शाही ठकुरी,कल्पना अधिकारी लगाएतले पदभार ग्रहण गर्नुभएको हो।
सो पदस्थापन कार्यक्रममा प्रमुख अतिथि इनरह्विल क्लबकी डिष्टिक्ट ३५० चियरमेन कमला श्रेष्ठ रहनु भएको थियोे ।सो अवसरमा बोल्दै श्रेष्ठले दुर्गम क्षेत्रका महिलाहरूलाई बाल शिक्षाको महत्त्व ,महिलाहरूमा हुने स्तन क्यान्सर लगाएत विभिन्न रोग बारे जनचेतना जगाउनु पर्ने बताउनुभएको थियो ।



कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष नारायणी अधिकारी , इनरह्विल क्लब २०२५/ २६ पोखराका अध्यक्ष बिन्दु के सी , व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ ,व्यास ३ का अध्यक्ष अनुप राना, व्यास ९ का वडा अध्यक्ष सुरेश थापा ,वडा नं ४का वडा सदस्य गौकुमारी न्यौपाने,रोटरी क्लब दमौलीका अध्यक्ष विणा कैनी लगाएतले समाज र देश निमार्ण गर्न महिलाकाे महत्त्वपूर्ण रहेकाले महिला शिक्षित भए घर र समाज शिक्षित हुनेहुदा यस्तो कुरामा स्थानीय सरकार देखि राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।



कार्यक्रममा पुर्व अध्यक्ष एंवम महिला उधमी संघ तनहुँकि अध्यक्ष निर्मला मल्लाई सम्मान गरेको थियो भने निवर्तमान अध्यक्ष नारायणी मल्ल,पुर्व अध्यक्षहरू शर्मिला श्रेष्ठ , प्रमिला श्रेष्ठ , नारायणी अधिकारी ,क्लवका सदस्यहरू लगाएतलाई मायाको चिनो प्रदान गरिएको थियो ।यस क्लवले स्वास्थ्य ,शिक्षा ,वातावरण ,असाय परिवार लगाएत समाजिक कार्यमा सकृय हुदै गर्दै आएको छ । उक्त कार्यक्रममा रोट्र्याक्ट बेद ब्यास , रोट्र्याक्ट क्लब तनहुँका अध्यक्ष एवंम प्रतिनिधि लगाएत अन्य संघसंस्थामा आब्ध व्यतिहरूको उपस्थित रहेको थियो ।
सो कार्यक्रममा स्वागत पुर्व अध्यक्ष निर्मला मल्लले गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन सविता श्रेष्ठले गर्नुभएको थियो ।
