ऋषिङ गाउँपालिका वडा नं ४ को वडा कार्यालय भवन आइताबार उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको आइतबार एक समारोहका बीच प्रमुख अतिथी सांसद शंकर भण्डारीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सांसद भण्डारीले वडा कार्यालय भवन निर्माणसँगै सेवा प्रवाहमा सहज हुने बताए । ऋषिङ कला संस्कृतिको हिसाबमा निकै धनी भएपनि विकास निर्माणका हिसाबले पछाडि रहेको हुँदा ऋषिङको विकासका लागि आफूले विशेष ध्यान दिईरहेको भण्डारीले बताए ।
कार्यक्रममा प्रदेश सांसद जीतप्रकाश आले ,ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ ,काग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली ,रेडक्रस तनहुँका सभापति प्रा डा कृष्णप्रसाद गौतम लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रतिनिधिहरू,वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, ऋषिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल अमगाइ लगायत वडा वासिहरुको उपस्थित रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य ऋषिङ गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले गर्नुभएको थियो भने कार्यक्रम संचालन वडा सचिव सन्दिप श्रेष्ठले गर्नुभएको थियो।