काठमाडौ । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरू आज पनि आन्दोलनमा उत्रिएका छन् ।

बिहीबार काठमाडौंको माईतीघर मण्डलामा व्यवसायीहरूले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘२ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तालाई भार हो’, ‘सुन तथा सुनका गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर खारेज गर’, ‘सुनको भन्सार दर ६ प्रतिशत कायम गर’ लगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।