तनहुँ तरङ्ग मिडिया प्रा लि का प्रधान सम्पादक एवं स्वतन्त्र पत्रकार संघ तनहुँका अध्यक्ष सुरेश सेन्चुरीले सह्दयी मञ्च तनहुँलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले मंगलबार संस्थाका सल्लाहकार मदन पौडेललाई रु पाँच हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको थियो ।
सेन्चुरीले अपाङ्गता भएका व्याक्तिको हितको लागि काम गर्ने संस्थालाई सबैले सहयोग गर्नुपर्छ भन्ने हेतुले सहयोग गरेको बताउनुभयो ।
सोहि क्रममा बोल्दै संस्थाका सल्लाहकार मदन पौडेलले संस्थालाई सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । पौडेलले तनहुँ तरङ्ग मिडियाले यस संस्थालाई बिभिन्न समयमा मिडियाको माध्यामबाट सहयोग पुराउदै आएको कुरा बताउनुभयो । मिडियाले गरेको सहयोगको उच्च मुल्याङ्कन गर्दै संस्थाले सोही अबसरमा पत्रकार सेन्चुरीलाई सम्मान समेत गरेको थियो ।

वि स २०७९ सालमा स्थापना भएको संस्था अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारको लागि काम गर्दै आएको छ । संस्थाले अपाङ्गता भएका व्यक्तिहरुलाई शसक्तीकरण गराउने शारीरिक अपाङ्गता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर संचालन गर्ने , मैत्रीपूर्ण ह्विलचेयर बास्केटबल प्रतियोगिता संचालन गर्ने, हेमोफिलिया अपाङ्गता भएका व्यक्तिहरूलाई औषधि वितरण गर्ने, नवर्निर्मित सरकारी तथा सार्वजानिक भवनहरु अपाङ्ग मैत्री बनाउनुपर्ने माग लगाएतका विभिन बिधामा काम गर्दै आएको संस्थाका अध्यक्ष सावित्री सुवेदीले जनाकारी दिनुभयो ।