आदिकवि भानुभक्त क्याम्पसमा आ.ब. २०८२/०८३ को नीति, कार्यक्रम, योजना र बजेट तर्जुमा गोष्ठी बिहिबार बिहान सम्पन्न भएको छ।  उक्त गोष्ठी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा भएको थियो।  गोष्ठीमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने ले क्याम्पसले नीति कार्यक्रम र बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयमा जाेड दिनुभएको  थियो। त्यसैगरी गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका आर्थिक सह-नियन्त्रक पुष्पराज पौडेलले नीति कार्यक्रम योजना र बजेट भनेको के हो? त्यसको संरचना कस्तो हुन्छ? त्यसको तयारीका चरणहरू के के हुन् ? तयार गर्दा सरोकारवालाको सहभागिता किन अनिवार्य छ ? उनीहरूको योगदान के हुनुपर्दछ ? र त्यसमा समेटिनुपर्ने विषयवस्तु के के हुन्छन् भन्ने बारे आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो।  

उक्त गोष्ठीमा क्याम्पस प्रमुख महा प्रसाद हड़खलेले क्याम्पसको आब २०८२/०८३ को नीति, कार्यक्रम र योजना बजेट पेश गर्नुभएको थियो ।गोष्ठीमा क्याम्पसका लेखापाल कृष्ण मुरारी पौडेलले गोष्ठिमा क्याम्पसको आर्थिक वर्ष २०८२/०८३ को बजेटको प्रस्ताव पेश गर्नुभएको थियो।

 गोष्ठीमा क्याम्पसको आन्तरिक लेखा परीक्षण समितिका संयोजक ठाकुर बहादुर दरै, आदिकवि भानुभक्त माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगाना, क्याम्पसको आमन्त्रित सदस्य विष्णुभक्त न्यौपाने र स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनुप आलेले गोष्ठीमा प्रस्तावित क्याम्पसको नीति, कार्यक्रम, योजना र बजेटमाथि सुझाव राख्नु भएको थियो । 

उक्त गोष्ठीमा उपाध्यक्ष खर सिं  दरै, क्याम्पस सञ्चालक समितिका सदस्यहरू, आन्तरिक लेखा परीक्षण समितिका सदस्यहरू, सहायक क्याम्पस प्रमुखहरू- डा रामकुमार अधिकारी र सागर पौडेल,  आइक्यूएसी प्रमुख विश्वेश्वर तिमल्सेना, आदिकवि माध्यमिक विद्यालयका प्राधानाध्यापक दिलिप पोखरेल र सहायक प्राधानाध्यापक तीर्थराज रानाभाट, क्यायससका विभागीय प्रमुखहरु, प्राध्यापक, कर्मचारी, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी सदस्य, क्याम्पसमा गठित विद्यार्थी क्लबका पदाधिकारी सदस्य लगायतको उपस्थिति रहेको थियो।