राइनास नगरपालिकाले भू उपयोग क्षेत्रको बर्गिकरणको मस्यौदा प्रतिवेदन उपर राय सुझाब पेश गर्ने सम्बन्धी सुचना प्रकाशित गरेकाे छ । साेमबार नगरपालिकाले उपयोग क्षेत्रको बर्गिकरण सम्बन्धि  दोस्रो पटक सुचना जारी गरेकाे हाे ।

 भू–उपयोगलाई आधारमानी क्षेत्रगत रुपमा तयार पारिएको नक्शाङ्कन र कित्ता वर्गिकरणकमा यदि हाल उपयोग भन्दा फरक क्षेत्रमा वर्गिकरण भएमा सोको विवरण सहित वडामा सुझाव दिने गरेकाे प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पाैडेलले जनाकारी दिनुभयाे ।

उहाँका अनुसार कुनै सडकलाई आधार मानी वरपरका कित्ता आवासीय बनाउनु पर्नेमा सो कित्ता कृषि भएमा वा भौगोलिक हिसावले वरपर सबै कित्ताहरु आवसीय बनाउन उपयुक्त नभई कृषि क्षेत्रमा उल्लेख गर्नुपर्ने भएमा, कुनै क्षेत्रलाई व्यवसायिक बनाउनुपर्ने वा हटाउनु पर्नेछ ।

 विशेष गरि जग्गाधनीले आफु बसोबास गरिरहेको घर, संरचना सहितको कित्ता वा घरेडीको रुपमा खरिद गरि सो प्रयोजनमा प्रयोग गर्न खोजिएको (वरपर आवसीय क्षेत्र भएको खण्डमा मात्र ) कित्ताहरुको विवरण रुजु गरि परिवर्तन गर्नुपर्ने कारण सहित कित्तागत रुपमा सुझाव समेत दिन सकिने पाैडेलले बताउनुभयाे ।

साथै अन्य थप बाँकी विषयहरु समेत सम्बन्धित वडा कार्यालय तथा नगरपालिकाको कार्यालयमा सम्पर्क राखि जानकारी प्राप्त गर्न सकिने नगरपालिकाले जनाएकाे छ ।