ब्राह्मण समाज नेपाल भिमाद नगर समितिको पाँचौ साधरण सभा शनिबार सम्पन्न भएको छ ।
उक्त साधारण सभा नगर समितिका अध्यक्ष इश्वरी सुवेदीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा भिमाद नगरप्रमुख दधिराज सुवेदी रहनु भएको थियो । सो अवसरमा सुवेदीले एकता नै बल भएकोले सबै मिलेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । बाह्मण समाज नेपाल तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले समाज गठन गर्नु पर्ने कारण, संगठन विस्तार ब्राहमण आचरण र कर्तव्यको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा तनहुँ जिल्लाका सचिव कृष्णहरी गै¥है, कोषाध्यक्ष गंगाप्रसाद पोखेल, जिल्ला सदस्य प्रदीप घिमिरे, भिमाद नगर समिति निर्वाचन संयोजक चन्द्रप्रकाश सुवेदी, हरिभक्त सिग्देल, माधवचन्द्र गै¥हे लगायले धर्म संस्कृति र संस्कार जोडिएर मात्रै सभ्य समाज हुने हुँदा सबै एकताबद्ध हुन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । सो सभामा ब्राहमण समाज भिमाद नगर समितिको उन्नयनमा योगदान पु¥याउनु हुने बद्री सुवेदी, लक्ष्मण अधिकारी, हरिशरण गै¥है, जसुदा खनाल ओमकार सिग्देल, शंकर वाग्ले र दामोदर लम्साललाई नगर प्रमुख सुवेदी र समाज तनहुँका अध्यक्ष पाण्डेले दोसल्ला ओडाएर र प्रमाणपत्र प्रदान गरि सयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।