अहिलेको सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय प्रति तनहुँका सुनचाँदी व्यवसायीहरुले विरोध गरेका छन् ।
तनहुँ सुनचाँदी व्यवासायी संघ र नेपाल सुनचाँदी ,रत्न तथा आभुषण संघ तनहुँद्वारा संयुक्त रुपमा विरोध गरेका हुन् । विहिबार दमौलीका व्यवसायीहरुले बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर ,सुनमा लगाइएको २ प्रतिशत विलासिता कर आरेज गर ,सुनको भन्सार ६ प्रतिशत कायम गर लगाएको प्लेट सहित दमौली बजार परिक्रम गरेका थिए ।

साथै सुनचाँदी व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न विरोध र ज्ञापनपत्र बुझाएको तनहुँ सुनचाँदी व्यवासायी संघ अध्यक्ष हरि गहतराजले जनाकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२र८३को बजेट वक्तव्य मार्फत सरकारले आस्वाभाविक रूपमा सुन २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमल्य पत्थर जडित गहनामा १३ प्रतिशत लगाएतको विरोधमा गरेका हौँ ।

व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको पत्रकार सम्मेलनमा जनाकारी दिएका छन् । व्यवसायीहरूले भने सुन पनि विलासिताको वस्तु नभएको तर्क गर्दै सरकारले माग सम्बोधन नगररे थप आन्दोलनमा उत्रिने सुनचाँदी व्यवसायी संघका केन्द्रिय सदस्य विनोद कुमार वि क ले जनाकारी दिनुभयो । सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति नियमावली र निर्देशिका निर्माण गर्न सरकारसँग माग गरेको उहाँले बताउनुभयो ।


देशैभरका सुनचाँदी व्यवसायीहरूले विहिबार र शुक्रबार पसल समेत बन्द गरेका छन् । दमौलीमा पनि बिहानै देखि सुन पसलहरु बन्द रहेको छ ।