तनहुँमा पहिलो पटक आकृति सोडा उद्योग संञ्चालनमा आएको छ । व्यास नगरपालिका वडा नं २ स्थित सिद्यार्थ टोलमा आकृति सोडा उद्योग मंगलबारबाट दमौलीमा संञ्चालनमा आएको हो।
सोडा उद्योगको व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठले उद्वाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै श्रेष्ठले यस्ता उद्योगले वेरोजगार युवाहरुलाई स्वरोजगार हुने बताउनुभयो ।

करिब ८० लाख लगानीमा उक्त उद्योग निर्माण गरिएको संचालक भरत मल्लले बताउनुभयो । प्रति घण्टा ५ सय बत्तल भन्दा बढि उत्पादन गर्न सक्ने र २० वटा भन्दा बढी फ्रेबर उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । आगामी दिनमा तनहुँ ,लम्जुङ, गोर्खा कास्की लगाएत प्रदेशका मुख्य बजारहरुमा शाखा बिस्तार गर्ने उदेश्य रहेको मल्लले जनाकारी दिनुभयो ।
अनुज्ञ पत्र लिएर निर्धक्क भएर उधोग संचालन गर्न खाद्य तथा गुण नियन्त्रयण कार्यलयका प्रमुख जोती आचार्यले बताउनुभयो । साथै उहाँले उहाँले उद्योग संञ्चालन गर्दा सरसफाईमा पुर्ण रुपले ध्यानदिनुपर्ने बताउनुभएको थियो ।
उक्त कार्यक्रममा सामाजिक अभियान्ता सुदिप गफ्फर , पत्रकार सुरेश सेन्चुरी लगाएतको उपस्थित रहेको थियो ।