तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित ऋषिङ रानीपोखरी स्वास्थ्य चौकीमा छातीरोग सम्बन्धी एक दिने निःशुल्क एक्सरे शिविर सम्पन भएको छ ।
ऋषिङ गाउँपालिकाको सहयोग तथा युएनडिपि (जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था जान्त्रा )को संयुक्त आयोजनामा मंगलबार उक्त शिविर सम्पन भएको हो । उक्त शिविरमा आधुनिक प्रविधियुक्त एआई जडित डिजिटल एक्सरे मेशिनको प्रयोग गरी छातीरोग परीक्षण गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जनाकारी दिनुभयो । साथै, रक्तचाप ९प्रेसर० र रगतमा ग्लुकोजको मात्रा (सुगर) समेत परीक्षण गरिएको उहाँले बताउनुभयो । सो शिविरमा ३९० ले स्वास्थ्य परिक्षण गरेकोमा ९ जना पोजेटिभ देखिएको प्रमुख प्रशासकिय अधिकृत अनित अंगाईले जनाकारी दिनुभयो । उहाँका अनुसार पोजेटिभ देखिएकालाई थप उपचारका लागि रिर्फर गरिएको छ ।